SHARE
पर्दाफास · शुक्रबार​ ८ साउन २०८३ ०१:४४ AM · 1 मिनेट पढाइ

सोनम वाङचुकले २६ दिनमा तोडे अनसन

भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि अनशन अन्त्य गरेका छन् । भारतीय जनता पार्टीका अध्यक्ष तथा केन्द्रीय मन्त्री जे.पी.नड्डा र डा.जितेन्द्र सिंहका साथै लेह-लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा उनले अनशन तोडेका हुन्। उनले यो जानकारी सामाजिक सञ्जाल एक्समार्फत दिएका छन् ।