SHARE
पर्दाफास · शुक्रबार​ २६ भौ २०८३ ०९:१० AM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रमा हेल्पडेस्क राख्न सरकारलाई निर्देशन

प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि राहत शिविर तथा होल्डिङ सेन्टरमा हेल्पडेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले प्रभावित क्षेत्रमा सम्पर्क व्यक्ति तोकेर हेल्पडेस्क सञ्चालन गर्न निर्देशन दिएको समितिकी सभापति आकृति अवस्थीले जानकारी दिइन् ।