SHARE
पर्दाफास · शुक्रबार​ ८ साउन २०८३ ०१:५२ AM · 1 मिनेट पढाइ

दुई लाखभन्दा बढी सट्टेबाजीका वेबसाइट तथा एप बन्द

नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ। सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमै अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) रोकथामको विषय समेटेको थियो।