प्रहरीमा इन्स्पेक्टरको संख्या थप, अब २९ जनाको भर्ना लिइने
नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको माग संख्या थप गरेको छ। गत २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनमा ८ वटा नयाँ सिट थप गर्दै अब कुल २९ जनाको भर्ना लिइने जनाएको छ ।
