बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
बीमा व्यवसाय सञ्चालनका क्रममा अनियमितता गरेको आरोपमा ३९ वर्षीय मृदुला सरिया पक्राउ परेकी छिन् । ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिको निरीक्षणका क्रममा बिमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको पुष्टि भएपछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले निजलाई पक्राउ गरेको हो । नेपाल बीमा प्राधिकरणले सोसम्बन्धी कसुरको अनुसन्धान गर्न ब्युरोलाई पत्राचार गरेको थियो ।
