SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०१:१७ PM · 1 मिनेट पढाइ

नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान

काठमाडौं । नेपाली काँग्रेसले ‘एनसी फर एनसी’ अभियानको घोषणा गरेको छ । बिहीवार ४४ औँ वीपी स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रमबीच अभियानको घोषणा गरिएको हो । सभापति गगनकुमार थापाले पार्टीको नयाँ अभियान ‘एनसी फर एनसी’ को घोषणा गर्दै ‘एनसी फर एनसी’ को अर्थ ‘नेपाली काँग्रेस फर नेसनल कज’ रहेको बताए ।