SHARE
लोक पथ · बिहीबार ७ साउन २०८३ ०१:३१ PM · 1 मिनेट पढाइ

ट्रष्ट इन्स्योरेन्स ब्रोकरकी सञ्चालक मृदुला सरिया पक्राउ

काठमाडौं । ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिका सञ्चालकलाई प्रहरीले पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमासम्बन्धि कसुरमा झापा भद्रपुरकी ३९ वर्षीया मृदुला सरिया पक्राउ गरेको हो । सरियालाई काठमाडौंको सानोगौचरनबाट पक्राउ गरिएको सीआइबीले जनाएको छ । उनी ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिका सञ्चालक र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सकी सञ्चालक समेत हुन् ।