काँग्रेसद्वारा निर्वाचन ब्युरो गठन, विधानमार्फत रूपान्तरण र पुस्तान्तरणमा जोड
नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको नयाँ विधानले काँग्रेसलाई रूपान्तरण र पुस्तान्तरणको दिशामा अगाडि बढाएको बताएकी छन् । ४४ औँ वीपी स्मृति दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी अब नयाँ कार्यशैलीका साथ अघि बढ्न लागेको र यस क्रममा विधानको सफल कार्यान्वयन गर्नु पार्टीका लागि ‘अग्निपरीक्षा’ भएको उल्लेख गरेकी हुन् ।
