SHARE
पर्दाफास · बिहीबार ७ साउन २०८३ ०१:२२ PM · 1 मिनेट पढाइ

मुलुक विदेशीको खेलमैदान बन्ने खतरा बढ्यो : माधव नेपाल

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मुलुक विदेशीको खेलमैदान बन्ने खतरा बढेको बताएका छन् । बिहीवार प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीति सकारात्मक दिशामा अगाडि नबढेको र मुलुक संकटपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका हुन् ।