SHARE
पर्दाफास · बिहीबार ७ साउन २०८३ ०१:२५ PM · 1 मिनेट पढाइ

अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयार

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली र राजनीतिक हस्तक्षेपमुक्त बनाउन आफ्नो पार्टी संविधान संशोधन गर्न समेत तयार रहेको बताएका छन् । ४४ औँ वीपी स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।