SHARE
पर्दाफास · बिहीबार ७ साउन २०८३ ०१:४४ PM · 1 मिनेट पढाइ

शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका व्यवसायीहरूलाई ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ संशोधन गर्ने आश्वासन दिएका छन् । बिहीवार सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकलाई यस्तो आश्वासन दिएका हुन् ।