सरकारले दलहरुमाथि प्रतिशोधपूर्ण आक्रमण गर्यो, प्रतिवाद गर्छौंः ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक दलहरुमाथि प्रतिशोधपूर्ण आक्रमण गरिरहेको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकारले आफूमाथि प्रतिशोध साँधेर पूर्वाग्रहपूर्ण व्यवहार गरेको आरोप लगाए ।
