SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

नबिल बैंक युरोमनी अवार्ड फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित भएको छ । बैंक युरोमनी अवार्ड फर एक्सिलेन्सअन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईज् को उपाधिबाट सम्मानित भएको हो । यसबाट बैंकले नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्वदायी भूमिका पुनः स्थापित गरेको छ ।