SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ १२:१० PM · 1 मिनेट पढाइ

वीपी विचार ब्रह्माण्डीय हो, कसैले कम्पनी रजिस्ट्रारमा दर्ता गराएको सामान होइनः विश्वप्रकाश

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वीपी कोईरालाको विचार ब्रह्माण्डीय विचार भएको बताएका छन् । बिहीवार ४४ औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वीपीको विचारमा कसैको ट्रेडमार्क नलाग्ने बताए । उनले वीपीको रगत आफूहरूसँग नरहेपनि वीपीको विचार, आदर्श र सिद्धान्त रहेको उल्लेख गरे ।