राधिका दासीविरुद्ध अभिव्यक्ति दिने वेदिका केसी पक्राउ
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेकी वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले बिहीबार केसीलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो । कथा बाचिका राधिका दासीको उजुरीका आधारमा केसीलाई पक्राउ गरिएको साइबर ब्यूरोका एक प्रहरी अधिकारीले लोकपथलाई जानकारी दिए ।
