धनगढीमा डा. गोविन्द केसीले सुरु गरे २४औँ सत्याग्रह
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले सुदूरपश्चिमको धनगढीबाट आफ्नो २४औँ सत्याग्रह सुरु गरेका छन् । डा. केसीले बिहीबार दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा आमरण अनशन सुरु गरेका हुन् । सत्याग्रह सुरु हुनुअघि सुदूरपश्चिमका राजनीतिक दल, विद्यार्थी संगठन, नागरिक अगुवा तथा स्थानीय समुदायले अनशन स्थगित गर्न आग्रह गरेका थिए ।
