SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

मूल्य र मान्यतामा आधारित राजनीति आवश्यक छः वरिष्ठ अधिवक्ता अधिकारी

काठमाडौँ । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले मुलुकमा नातावाद र आफन्तवादको सट्टा मूल्य र मान्यतामा आधारित राजनीतिको आवश्यकता रहेको बताएका छन् । ४८ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । निर्वाचन खर्चको प्रसङ्ग उल्लेख गर्दै अधिकारीले मुलुकको कुल बजेटको तुलनामा राज्यले गर्ने निर्वाचन खर्च ठूलो नभएको तर्क गरे ।