SHARE
पर्दाफास · बिहीबार ७ साउन २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

भुइँमान्छेका मुद्दा कांग्रेसको एजेन्डाको केन्द्रमा हुनुपर्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसले जनताका वास्तविक समस्या र मुद्दालाई आफ्नो एजेन्डाको केन्द्रमा राखेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने बताएका छन्। बिहीबार राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसद्वारा आयोजित ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा समारोहमा बोल्दै उनले पार्टीले समयअनुसार आफ्ना एजेन्डा र अभियानलाई परिमार्जन गर्न आवश्यक रहेको बताए।