अभियन्ता वेदिका केसी पक्राउ
अभियन्ता वेदिका केसी पक्राउ परेकी छन् । सामाजिक सञ्जालबाट भ्रम फैलाएको भन्दै उनलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी दिलिप कुमार अधिकारीले जानकारी दिए । एक महिलाको सामाजिक सञ्जालमा चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि साइबर ब्युरोको प्रहरीले केसीलाई बिहीबार जोरपाटीबाट पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरेको छ ।
