भारत पछि अब चीन भ्रमणमा जाँदै रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा उनी चीन भ्रमणमा जाने भएका हुन् । स्रोतका अनुसार भ्रमणको सम्भावित मिति तय भए पनि औपचारिक रूपमा भने सार्वजनिक गरिएको छैन् । भ्रमण साउनमा हुने कि भदौमा भन्नेबारे अन्तिम टुंगो लाग्न बाँकी छ ।
