वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्वासीद्वारा माइतीघरमा प्रदर्शन
काठमाडौँ । भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुले आफ्नो बसोबास तथा जग्गाको स्वामित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै बिहीबार पनि आन्दोलन जारी राखेका छन् । सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठीबास लगाएको भन्दै उनीहरूले काठमाडौँको माइतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । सरकारले समस्या समाधान नगरेसम्म आन्दोलन थप सशक्त रूपमा जारी राख्ने उनीहरूको चेतावनी छ ।
