SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

जैविक कृषिको प्रवर्द्धन र मलमा अनुदान दिन सरकार सकारात्मक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले जैविक कृषिको प्रवर्द्धन, उत्पादन तथा निर्यातका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँगको छलफलमा उनले यस्तो बताएको नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बास्कोटाले प्रधानमन्त्री साहको भनाइ उद्धृत गर्दै जानकारी दिएका हुन् ।