क्रेडिट रेटिङमा पेप्सी उत्पादक ‘वरुण बेभरेज’ फेरि पनि अति उत्तम, बजार हिस्सासमेत बढ्यो
काठमाडौं । नेपालमा पेप्सी, माउन्टेन ड्यू लगायतका चिसो पेय पदार्थको उत्पादन तथा बिक्री गर्दै आएको वरुण बेभरेज (नेपाल) प्रालिले फेरि पनि अति उत्तम क्रेडिट रेटिङ प्राप्त गरेको छ । ईक्रा नेपालले अल्पकालीन ऋण सीमाका लागि गरेको क्रेडिट रेटिङमा कम्पनीले फेरि पनि अति उत्तम अर्थात् ‘ए वान प्लस’ रेटिङ प्राप्त गरेको हो ।
