माइतीघरमा द्वन्द्वपीडितहरूको गुनासो- ‘सरकार भेट्न पाइएन’
द्वन्द्वपीडितहरूले विश्वसनीय, पारदर्शी र पीडितमैत्री प्रक्रियाबाट सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठन माग गर्दै प्रदर्शन गरेका छन् । द्वन्द्वपीडितहरूले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
