जीडब्लुएम ओरा-५: एक महिनामै प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति
काठमाडौँ । नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लुएम (GWM) को प्रिमियम विद्युतीय एसयूभी ओरा–५ ले उत्साहजनक बजार प्रतिक्रिया पाएको छ । अत्याधुनिक प्रविधि, अन्तर्राष्ट्रियस्तरको सुरक्षा, आकर्षक डिजाइन र प्रिमियम सुविधाका कारण ओरा–५ छोटो समयमै नेपाली ग्राहकको रोजाइमा पर्न सफल भएको कम्पनीले जनाएको छ ।
