SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०७:३८ AM · 1 मिनेट पढाइ

दीपक भट्ट र शङ्करलाल अग्रवालको उच्च अदालतमा बयान सुरु

काठमाडौं । बैंकिङ कसुर मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको उच्च अदालत पाटनमा बयान सुरु भएको छ । न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासमा उनीहरूको बयान भइरहेको हो । उक्त मुद्दामा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा स्टिल्सका सञ्चालक शङ्करलाल अग्रवाल, शुलभ अग्रवाल र शाहिल अग्रवाललाई प्रतिवादी बनाइएको छ ।