SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

झापा । अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले आज जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा झापा क्षेत्र नं २ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले उनीहरूलाई प्रमाण पुर्जा वितरण गरिन् ।