बाढी-पहिरोको प्रभाव : ६ सडक पूर्ण अवरुद्ध, ११ आंशिक सञ्चालनमा
काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न भागका ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ११ सडकखण्ड आंशिक रूपमा सञ्चालनमा रहेका छन् । सडक विभागका अनुसार हालसम्म अवरुद्ध भएका ३३ सडकखण्ड मर्मतपछि पुनः सञ्चालन भएका छन् ।
