नेपालमा नयाँ विद्युतीय पिकअप ‘म्याक्सस ईटेरोन ९ कम्फर्ट’ सार्वजनिक, के-के छन् विशेषताहरु
काठमाडौं । नेपालमा ठूलो ब्याट्री र लामो दूरी चल्न सक्ने नयाँ विद्युतीय पिकअप म्याक्सस ईटेरोन ९ कम्फर्ट सार्वजनिक गरिएको छ । म्याक्सस ब्रान्डको आधिकारिक आयातकर्ता हिमालय मोट्रक्स प्रालिले यो गाडी नेपाली बजारमा ल्याएको हो । कम्पनीले यो पिकअपको सुरुआती मूल्य ८८ लाख रुपैयाँ तोकेको छ ।
