रवि लामिछाने चीन भ्रमणमा जाने, उच्चस्तरीय भेटघाटको तयारी
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन् । रास्वपाका आफूनिकट केही नेता र सांसदसहित उनी यही साउनमा बेइजिङ जान लागेका हुन् । भ्रमणका क्रममा उनले त्यहाँ चिनियाँ विदेशमन्त्री वाङ यीसहितका उच्च सरकारी अधिकारीलाई भेट्ने भएका छन् ।
