SHARE
पर्दाफास · बिहीबार ७ साउन २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

५ लाख घुस लिँदै गर्दा पक्राउ परे लहानका कर अधिकृत

आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई बिहीबार कार्यालय परिसरमै रंगेहात पक्राउ गरेको हो ।