SHARE
लोक पथ · बिहीबार ७ साउन २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

त्रिवि पुगेर शिक्षामन्त्रीले भने– ‘कतैबाट राजनीतिक दबाब आए मलाई कल गर्नुस्’

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा कायम रहेको राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित झण्डोत्तोलन समारोहलाई सम्बोधन गर्दै उनले आगामी चार वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताएका हुन् ।