अनुदानसम्बन्धी कार्यविधि संशोधन, किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने
सरकारले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ । अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ जारी गरी कार्यान्वयनमा ल्याएको हो । मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२ मा केही दफाहरु संशोधन गरी नयाँ व्यवस्था थप गरेको छ ।
