साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन : पशु सेवा विभाग
चितवन । पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आउन थालेको छ । संघीय राजधानी काठमाडौं लगायतका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए । पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन । पछिल्लो पटक काठमाडौंको गोकणेश्वर–१ सुन्दरीजलमा संक्रमण देखिएको थियो ।
