SHARE
लोक पथ · बिहीबार ७ साउन २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

कर्णाली प्रदेशमा कँडेलले विश्वासको मत नपाउने निश्चित, नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एमाले नेतृत्वको सरकारलाई अस्वीकार गर्ने भएको छ । नेकपा कर्णाली प्रदेश संसदीय दलले एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेसँगै कँडेल मुख्यमन्त्रीबाट बहिर्गमन हुने निश्चित प्रायः भएको छ ।