SHARE
पर्दाफास · बिहीबार ७ साउन २०८३ ०४:५७ AM · 1 मिनेट पढाइ

विद्युत् व्यापारमा नेपालको ऐतिहासिक फड्को, एक वर्षमै १८.७६ अर्ब रुपैयाँ खुद बचत

नेपालले विद्युत् व्यापारमा पहिलो पटक उल्लेखनीय व्यापार बचत हासिल गर्दै ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को क्रस–बोर्डर विद्युत् आयात–निर्यात तथ्यांकअनुसार भारत र बंगलादेशसँगको विद्युत् व्यापारबाट नेपालले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत (नेट ट्रेड सरप्लस) गरेको छ ।