नयाँ पुस्तालाई सही संस्कार दिनुपर्नेमा माधवकुमार नेपालको जोड
नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले नयाँ पुस्तालाई सही संस्कार र संस्कृति दिनुपर्नेमा जोड दिएका छन् । ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले ‘जेनजी आन्दोलन’ नयाँ पुस्तालाई कस्तो संस्कार र संस्कृति दिइरहेका छौँ भन्ने कुराको उदाहरण बनेको टिप्पणी गरे ।
