झापामा १७ अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा दिइँदै
झापा । अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधामका १७ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने भएको छ । जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार एक कार्यक्रममार्फत पुर्जा वितरण गर्ने तयारी गरेको हो । पुर्जा वितरणअघि सम्बन्धित क्षेत्रको स्थलगत अनुगमन गरिएको छ ।
