विपद् प्राधिकरणले भन्यो : ‘वर्षामा लापरबाही नगर्नुहोस्, जोखिम क्षेत्रबाट टाढा रहनुहोस्’
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिमा बाढी, पहिरो, कटान, डुबान, चट्याङ र सर्पदंशको जोखिम उच्च हुने भन्दै सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । प्राधिकरणले जनधनको सुरक्षा गर्न पूर्वतयारी आवश्यक रहेको भन्दै यात्रा गर्नुअघि मौसम र सडकको अवस्था बुझ्न अनुरोध गरेको छ ।
