SHARE
लोक पथ · बिहीबार ७ साउन २०८३ ०३:४७ AM · 1 मिनेट पढाइ

पुष्पलालको ४८औँ स्मृति दिवस विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । स्मृति दिवसका अवसरमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत विभिन्न कम्युनिस्ट दलहरूले श्रद्धाञ्जली तथा स्मृति कार्यक्रम आयोजना गर्न लागेका छन् ।