SHARE
लोक पथ · बिहीबार ७ साउन २०८३ ०२:४५ AM · 1 मिनेट पढाइ

काठमाडौं उपत्यकाबाट शंकास्पद गतिविधिमा संलग्न १६९ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकाबाट पछिल्लो २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न १६९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौं जिल्लाबाट १५६ जना, ललितपुरबाट ११ जना र भक्तपुरबाट २ जनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार नियन्त्रणमा लिइएकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।