खोटाङका तत्कालीन तीनजना जिसिअसहित १३ जनाविरुद्ध मुद्दा
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा.गणेश प्रसाद भट्टराईसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी भट्टराईसहित केशव प्रसाद दाहाल, ज्ञानमणी नेपाल,प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत गरी १३ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।
