सुदूरपश्चिममा गौराको रौनक, धनगढीमा यसरी मनाइयो गौरा (फोटोफिचर)
धनगढी : सुदूरपश्चिममा गौरापर्वको रौनक छाएको छ। पञ्चमीदेखि गौरा भिजाएर सुरु भएको गौरा पर्वको आज अथवा आइतबार अठेवाली पर्व मनाइएको छ। अठेवाली अथवा बिरुडाले गौरीको पुजन गरी आफन्तको टाउको पुजन गरी दीर्घायुको कामना गर्ने चलन रहेको छ।सुदूरपश्चिमका गाउबस्तीदेखि शहरसम्म गौरामय भएका छन्। पहाडबाट तराई झरेकाहरूले धनगढीमा पनि भव्यताका साथ गौरा पर्व मनाएका छन्। सुदूरपश्चिमको मौलिक पर्वका रूपमा रहेको गौरा पर्वको आज मुख्य दिन हो। आइतबार अठेवाली मनाइएको छ।
