SHARE
पर्दाफास · बिहीबार ७ साउन २०८३ ०१:५१ AM · 1 मिनेट पढाइ

अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको संस्थाको कार्यालय सिलबन्दी गरिएको छ । इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा बुधबार युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सीटीईभीटी र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले सिलबन्दी गरेको हो ।