२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १४५८ जनालाई कारबाही
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ४५८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५२, यान्त्रिक कारवाहीमा ३५, रातोबत्तीमा ५६ जना चालकलाई कारबाही गरिएको छ ।
