राष्ट्रपति सीले आयोजना गरेको सामूहिक रात्रिभोजमा ओली-मोदी भेट
काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिङपिङले आयोजना गरेको सामूहिक रात्रिभोजमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। एससीओ सम्मेलनको पूर्वसन्ध्यामा आयोजित रात्रिभोजमा उनीहरूबीच भेटवार्ता भएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीसँग भेट्न पाउँदा खुसी लागेको बताएका छन्।सामाजिक सञ्जाल एक्समा उनले भनेका छन्, 'तियानजिनमा नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो।
