SHARE
अन्नपूर्ण · सोमबार १६ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

चौथो खेलमा आसामले नेपाललाई दियो १७५ रनको लक्ष्य

काठमाडौं : भारतको गुहाटीमा जारी टी-२० शृंखलामा आसामले नेपाललाई १७५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ गरेको आसामले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनाएको हो। आसामका लागि कप्तान सुमित घदिगोन्करले सर्वाधिक ७० रन बनाए। उनले ४७ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै रिटायर आउट भए।  ओपनर ऋषिकेश तामुलिले ४६ रन बनाए। उनले पहिलो विकेटका लागि कप्तान सुमितसँग ९० रनको साझेदारी गरेका थिए। निहार देका ३७ रनमा आकाश चन्दको बलमा शेर मल्लको हातमा क्याच भए।