SHARE
पर्दाफास · बुधबार ६ साउन २०८३ ०३:३४ PM · 1 मिनेट पढाइ

कांग्रेस संस्थापनइतर पक्षद्वारा साउन २९ गते राष्ट्रिय भेला आह्वान

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आह्वान गरेको छ। बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बुधबार नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले उक्त भेलाको घोषणा गरेका हुन्। विशेष महाधिवेशनमा सहभागी नरहेको इतर पक्षले सातै प्रदेशमा प्रदेशस्तरीय भेलाहरू सम्पन्न गरेपछि काठमाडौंमा राष्ट्रिय भेला गर्न लागेको हो।