किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
काठमाडौं । व्यवसायी शंकर अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । बुधबार शंकर ग्रुपका अध्यक्ष समेत रहेका अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको हो । बैंकिङ्ग कसूर मुद्दामा फरार रहेका अग्रवाललाई आज डिल्लीबजारबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
