थाइल्याण्डमा आईजीपी कार्कीको सम्मानमा ‘मिट एन्ड ग्रिट’
संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड पुगेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको सम्मानमा एनआरएनए थाइल्याण्ड र पियानोको संयुक्त आयोजनामा ‘मिट एन्ड ग्रिट’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली प्रमुख अतिथि रहेका थिए भने वरिष्ठ गायक आनन्द कार्कीको विशेष उपस्थिति थियो।
